भरतपुर – चितवनमा महिला, दलितमाथि भईरहेको जघन्य हत्या, हिंसा र बलात्कारका खबरदारी विरोध प्रर्दशन भएको छ । भरतपुरको चौबिसकोठीमा आज वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको निर्माण अभियान समिति चितवनको आयोजनामा विरोध प्रर्दशन भएको हो । सांकेतिक रुपमा सेतो टिर्सटमा रगत दलेर , औंला काटेर, निधार र औलामा पट्टि बाधेर विरोध प्रर्दशन गरिएको हो ।
विरोध प्रर्दशनमा बोल्दै प्रदेश नं २ का संयोजक दिपनारायण दासले दलितमाथि भईरहेको हत्या, हिंसा बढिरहेकोले यसलाई अन्त्य गर्न सरकारको गम्भिर ध्यान आकर्षण नभएको बताए । बलात्कारका घटनाहरुमा आधा दलित समुदायका महिला, बालिकाहरु पिडित रहेको उनले बताए । सुदुरपश्चिमाञ्चल प्रदेशका वैज्ञानिक समाजवाद कम्युनिष्ट पार्टीका संयोजक पुष्प भण्डारीले जात व्यवस्था अन्त्यका राखेका मागहरु सरकारले सम्बोधन नगरे देशभर आन्दोलन चर्काउने बताए ।


त्यस्तै कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी पार्टीकी केन्द्रीय सदस्य राजेश्वरी सुवेदीले दलित महिला विरुद्ध भएका जघन्य अपराधका विरुद्ध सबै जागरुप हुनुपर्ने बताईन् । प्रर्दशनको सुरुवातमा जिल्ल्ला प्रहरी कार्यालय चितवनले अवरोध सिर्जना गरेको सुवेदीले जानकारी दिईन् ।
प्रर्दशनमा ‘जातव्यवस्था अन्त्य गरौ’, ‘बलात्कारी जोगाउने सरकार खबरदार ‘लगायतका नारा लगाइएका थिए । हाकिमचोकदेखि सुरु भएको ¥याली चौबिसकोठीमा समापन गरिएको थियो । साथै जात व्यवस्था उन्मुलन मोर्चा, नेपालको केन्दिय समितिको आयोजनामा भरतपुरमा दुई दिने ‘वैचारिक कार्यशाला’ प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।