काठमाडौँ विश्वविद्यालयको चेक बाउन्सका फरार आरोपी पक्राउ

एटुजेड समाचार

काठमाडौं –  काठमाडौँ विश्वविद्यालयको चेक बाउन्स आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सप्तरी वलान-बिहुल गाउँपालिका-५ रामनगरका ३२ वर्षीय सूर्यप्रसाद साह रहेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले साहलाई काठमाडौं महानगरपालिका-१० बानेश्वर भेनस अस्पताल अगाडिबाट आज (सोमबार) पक्राउ गरेको हो।

उनीविरूद्ध काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले जिल्ला प्रहरी कार्यालय, काभ्रेमा उजुरी दिएको थियो।

साहले एमबिबिएसमा अध्ययन गर्न प्रथम किस्ता बापतको १३ लाख ४१ हजार रुपैयाँ बराबरको चेक विश्वविद्यालयलाई दिएका थिए । तर उनको खातामा पर्याप्त थिएन। चेक बाउन्स भएपछि विश्वविद्यालयले बैंकिड कसूरमा उजुरी दर्ता गरेको थियो।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु