उखु किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन गर्ने घोषणा

एटुजेड समाचार

काठमाडौं – मंसिर २७ गतेदेखि उखु किसानहरुले आन्दोलन सुरु घोषणा गरेका छन् । उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने भएका हुन् ।

उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् । उनीहरुले आइतबार सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाएका थिए ।

उखु किसान संघर्ष समिति सर्लाहीका अध्यक्ष रामस्वार्थ रायले किसानको पसिनाको मूल्य नदिने उद्योगीहरुलाई सरकारले संरक्षण गरेको भन्दै रायले वर्षैसाल आफ्नो उत्पादनको पैसा माग्न काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू