चितवन – राष्ट्रिय परीक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज चितवनले आइतबार देखि कक्षा ११ को परिक्षा संचालन गरेको छ ।
कक्षा ११ का ४५२ जना विद्यार्थीहरुलाई कलेजले बिहानी तथा दिवा सिफ्टमा कलेजको आफ्नै फुटसल ग्राउण्डमा परिक्षा लिन लागेको हो । आज बाट सुरु भएको परिक्षा कार्तिक २७ गते सम्म संचालन हुने कलेजका कोअर्डिनेटर जनकराज घिमिरेले बताएका छन ।



संक्रमणदर तिब्र रुपमा बढिरहेको चितवनमा परिक्षा दिन पुगेका विद्यार्थीहरुलाई मास्क र सेनिटाइजर प्रयोग गरि शरीरको तापक्रम जांच गरेर मात्र परिक्षा दिन लगाइएको थियो । कोरोना बाट बच्न र बचाउनका लागि परिक्षाहलमा जानूअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाईएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश्वर खनालले बताए ।
हरेक दिन बिध्यार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामाग्री प्रयोग पछि मात्रै आफ्नै व्यवस्थित फुटसल ग्राउण्डमा परीक्षा संचालन हुने कलेजले जानकारी गराएको छ ।