भरतपुर ११ का कोरोना संक्रमित ४९ वर्षीय पुरुषको मृत्‍यु

एटुजेड समाचार

चितवन – भरतपुर अस्पतालमा कोरोना संक्रमित पुरुषको मृत्‍यु भएको छ । भरतपुर महानगरपालिका-११ का ४९ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

कात्तिक १६ गते कोभिड १९ संक्रमण पुष्टि भएका ति पुरुष ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई कात्तिक २० गते अस्पतालमा भर्ना भएका थिय । स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि उनको कोबिड आईसियुमा राखी उपचार गरिएको थियो। उनको उपचारका क्रममा आज ४: ३० बजे मृत्‍यु भएको अस्पतालले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु