चितवन – चितवनमा थप एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत लमजुङको मध्य नेपाल वडा नम्बर २ का ४७ वर्षीय पुरुषको आज विहान ४ः०७ बजेको समयमा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ अस्पतालमा भर्ना भएका ति पुरुषको कोरोना परीक्षण गर्दा कार्तिक २१ गते कोरोना रिपोर्ट पोजिटिभ आएको हो । उनको कोभिड आइसीयू कक्षमा भेन्टिलेटरमा राखी उपचारको क्रममा आज मृत्यु भएको अस्पतालले जनाएको छ ।