चितवनका १५ सहित २० जनामा कोरोना संक्रमण पुष्टि

एटुजेड समाचार

चितवन –  चितवनका १५ जना सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका १५ जना सहीत अन्य जिल्लाका ५ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका १४ जना र रत्ननगरका १ जना रहेका छन् । त्यस्तै मकवानपुर, धादिङ्ग, रौतहट, नवलपरासी र कैलालीका एक/ एक जनामा कोरोना पुष्टी भएको हो । संक्रमित हुनेहरुको उमेर १९ देखि ६५ वर्षसम्मका रहेका छन् ।

No photo description available.

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू