चितवन – भरतपुरमा ग्यास बुलेटसँग मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ९ मिलनचोक स्थित पुर्व पश्चिम राजमार्गमा टाँडीबाट आइरहेको एनएल ०१ एबी ९२३५ नम्बरको ग्याँस बुलेटमा सोही दिशाबाट आउँदै गरेको ना ४२ प ९७१५ नम्बरको मोटरसाइकल ठोक्किएको हो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार राप्ती नगरपालिका ५ का २४ वर्षीय मनोज सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । गम्भीर घाइते भएका सुनारको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक सोही स्थानका ४८ वर्षीय खडक बहादुर सुनार घाइते भएका छन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते र मृतक बाबु छोरा हुन् । ओभर टेक गर्ने क्रममा मोटरसाइकल ग्यास बुलेटको बिच भागमा ठोक्किन गइ दुर्घटना भएको प्रहरीले जनाएको छ । दुबै सवारी साधन र ग्यास बुलेट चालक नवलपुरको गैंडाकोट नगरपालिका १ बस्ने बर्ष ४२ का राजु कुमार थापा प्रहरीको नियन्त्रणमा रहेका छन् ।