गोरखाका कोरोना संक्रमितको चितवनमा मृत्यु

एटुजेड समाचार

चितवन – गोरखाका कोरोना भाइरस संक्रमितको चितवनमा मृत्‍यु भएको छ । पुरानो मेडिकलमा उपचाररका क्रममा गोरखा नगरपालिका वडा नम्बर ५ का ८२ वर्षीय पुरुषको मृत्‍यु भएको हो ।

कात्तिक ६ गते निमोनिया सम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका उनमा कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएपछि कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा शनिबार राती उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु