ट्रम्पको र्‍यालीका कारण ७ सयको मृत्यु, ३० हजार संक्रमित

एटुजेड समाचार

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा आयोजित चुनावी र्‍यालीहरुका कारण जुनदेखि सेप्टेम्बरसम्म ३० हजारभन्दा धेरै कोरोना संक्रमित बनेको र ७ सयभन्दा धेरेको ज्यान गएको हुनसक्ने स्ट्यानफर्ड विश्वविद्यालयद्वारा सार्वजनिक नयाँ रिपोर्टले जनाएको छ । जुन २० देखि सेप्टेम्बर ३० सम्म आयोजित १८ वटा र्‍यालीहरुको प्रभावबारे अध्ययन गरेर तयार गरिएको रिपोर्ट शुक्रबार सार्वजनिक भएको हो ।

प्रत्येक र्‍यालीपछि सम्बन्धित क्षेत्रमा देखिएको संक्रमण र र्‍याली आयोजना नभएका क्षेत्रमा देखिएको संक्रमणलाई रिपोर्टले तुलना गरेको छ । कोभिड १९ नियन्त्रणका लागि मास्क लगाउनुपर्ने र ठूला भेला गर्न नहुने चेतावनी दिइएपनि यस र्‍यालीमा त्यस विषयतर्फ ध्यान नपुगेको रिपोर्टले जनाएको छ ।

‘ती समुदाय जहाँ ट्रम्पको र्‍याली आयोजना भएका समुदायले संक्रमण र मृत्युको ठूलो मुल्य चुकाउनुप¥यो,’ रिपोर्टमा उल्लेख छ । अध्ययन गरिएका १८ वटा र्‍यालीमध्ये १५ वटा र्‍याली खुला रुपमा आयोजना गरिएको थियो । महामारीबाट ग्रस्त भएका राज्यहरुमा पनि ठूलो संख्यामा मानिसहरुको सहभागितामा र्‍याली निकालेको भन्दै ट्रम्पको विरोध भएको थियो । राष्ट्रपति ट्रम्पसहित र्‍यालीमा सहभागी धेरैले मास्क लगाएका थिएनन् ।

पोलिटिकोबाट

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू