चितवनका २८ सहित ४७ जनालाई कोरोना संक्रमण

एटुजेड समाचार

चितवन – चितवनमा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमित मध्य २८ जना चितवनका हुन् । बाँकी १९ जना भने जिल्ला बाहिरका रहेको प्रयोगशालाले जनाएको छ । प्रयोग प्रमुख डा इशान ढुङ्गानाका अनुसार चितवनका १५ पुरुष र १३ महिलामा कोरोना पुष्टि भएको छ । उनिहरु १७ देखि ५७ बर्ष उमेर समुहका रहेका छन् ।

यस्तै नवलपरासीका ५, सिराहा र बाग्लुङका समान २-२ तथा खंखुवासभा, सप्तरी, तनहुँ, मकवानपुर, कञ्चनपुर, मोरङ, नवलपुर, सर्लाही, दाङ र रौतहटका समान एक-एक जनामा कोरोना देखिएको डा ढुङ्गानाले जानकारी दिए । २ सय ४७ जनाको नमुना परीक्षण गरेकोमा १८० जनाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू