चितवनमा माक्स नलगाई हिडडुल गर्ने ७१ जना कारबाहीमा

एटुजेड समाचार

चितवन – चितवनमा आज शनिबार माक्स नलगाई हिडडुल गर्ने ७१ जना कारबाहीमा परेका छन् । जसमा भरतपुर महानगरपालिका १० चैबिसकोटीबाट १३ जना, मालपोत चोकबाट ५ जना, रत्ननगर नगरपालिका टाडीँ चोकबाट ५ जना र राप्ती ५ भन्डाराबाट ४८ जना गरी ७१ जना कारबाहिमा परेका हुन् ।

मास्क नलगाउनेहरुबाट ७ हजार १ सय रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मास्क नलगाउनेलाई कारबाही स्वरुप प्रहरिले एक सयका दरले जरिवाना लिने गरेको छ ।

त्यस्तै भरतपुर महानगरपालिका चैबिसकोटिबाट ५० जना, नारायणगढ बजारबाट २५० जना, रत्ननगर नगरपालिका टाडीँ चोकबाट ६० जना, खैरहनी नगरपालिका ८ बाट ७० जना र भरतपुर महानगरपालिका ज्योतिनगर बाट २० जना गरी ४५० जनालाई प्रहरिले सम्झाई बुझाई छाडेको  छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू