चितवन – देशभर पछिल्लो २४ घण्टामा २ हजार ५ सय ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ स्वाब परीक्षण गरिएकोमा २ हजार ५ सय ८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७ सय ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको छ । देशभर ३८ हजार ५ सय ८४ जनामा कोरोना सक्रिय छ ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय ३७ पुगेको छ ।