चितवनमा कारले ठक्कर दिँदा एक महिलाको ज्यान गयो

एटुजेड समाचार

चितवन – चितवनमा कारको ठक्करबाट एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ बस्ने ५० वर्षीया बुद्धिमाया दराई रहेकी छिन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । आज (शुक्रबार) खैरहनी नगरपालिका–१ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारले दराईलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले बताए ।

गम्भिर घाइते भएकी दराईको उपचारको क्रममा अपरान्ह ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थापाले जानकारी दिए । प्रहरीले कार र चालकलाई  नियन्त्रणमा लिएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु