एकैदिन देशभर ४०९६ जनाले जिते कोरोना, ३५१७ थपिए

एटुजेड समाचार

चितवन – पछिल्लो २४ घण्टामा ४ हजार ९६ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या एक लाख २८ हजार ९ सय ५८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ८९ नमुना परीक्षण गर्दा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । यस सँगै संक्रमितको संख्या एक लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९ सय २० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै १६ जना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू