देवघाटको भुजेल बस्तीलाई नमूना गाउँ बनाईँदै

एटुजेड समाचार

देवघाट – तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा स्थित भुजेल वस्ती नमुना बस्ती बन्ने भएको छ । रोटरी क्लब अफ नारायणगढले भुजेल वस्तीलाई नमुना बस्ती बनाउने भएको हो । क्लबले आज (शुक्रबार) साउने आर सिसि व्यवस्थापनका अध्यक्ष आईतमाया भुजेललाई नमुना बस्ती योजनाको प्रमाण पत्र हस्तान्तरण हस्तान्तरण गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले पिछडिएका वर्ग भुजेल समुदायलाई नमुना बस्ती बनाउने क्लबको निर्णयमा खुशी व्यक्त गर्दै गाउँपालिकाको पनि साथ र समन्वय रहने प्रतिवद्धता जनाए । उनले देवघाटको विकासका लागि कुनै पनि कसर बाँकी नराखी विभिन्न संघ संस्थाहरुसंग हातेमालो गर्दै अगाडी बढ्ने  बताए ।

वडा नम्बर ५ का वडा अध्यक्ष याल बहादुर गुरुङले भुजेल बस्तिको विकासको लागी वडाको तर्फबाट र आफ्नो ब्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने बताए ।  रोटरी क्लब अफ नारायणगढका अध्यक्ष अनुकुल श्रेष्ठले देवघाट साउनेका पिछडिएको वर्ग भुजेल बस्तीमा भएका समस्यहरुलाई बिस्तारै समाधान गरि नमुना बस्ती बनाउने बताए ।

कार्यक्रममा रोटरी क्लब अफ नारायणगढले देवघाटमा कामहरुको उच्च मुल्यांकन गर्दै गाउँपालिकाका अध्यक्ष थापा र वडा नम्बर ५ का वडाध्यक्ष गुरुङले क्लबका पदाधिकारीहरुलाई सम्मान समेत गरेका छन् । कार्यक्रममा रोटरी क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष निरन्जन प्रधान, रोटरी क्लब अफ नारायणगढका निर्वाचित अध्यक्ष अरुण खनाल, रोटरी क्लब अफ नारायणगढका सर्भिस प्रोजेक्ट चेयर गुणेश्वर महतो, देवघाट गाउँपालिकाका प्रमुख इन्जिनियर तिर्थराज ढुंगाना, देवघाट गाउँपालिकाका कार्यक्रम अधिकृत कृष्णराज पन्त, रेडियो देवघाटका स्टेशन म्यानेजर सुबास लामिछाने, साउने जलदेवी आमा समुदायका अध्यक्ष आसमाया गुरुङ लगायतको उपस्थिती रहेको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु