चितवन – चितवनमा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा ९१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमण पुष्टि भएका मध्य ५६ जना चितवनका हुन् । ३५ जना अन्य जिल्लाका रहेका छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिकाका मात्रै ३७ जनामा कोरोना देखिएको छ । यस्तै रत्ननगर नगरपालिकाका ८, कालिकाका ३, खैरहनीका ६ र राप्तीका एक जना रहेका छन् ।
सोही प्रयोगशालामा नवलपुरका २२, मकवानपुरका ४, गोरखाका २ तथा धादिङ, कास्की, सिन्धुली, लम्जुङ, कपिलबस्तु नवलपरासी र बाराका समान एक-एक जनाको रिपोर्ट पोजेटिभ आएको छ । ३५२ वटा नमुना परीक्षण गरिएकोमा २६१ वटाको रिपोर्ट भने नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।