चितवन – चितवनमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा ६६ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्य ४२ जना चितवनका रहेका छन् । अन्य २४ जना भने २ जना भारत तथा २२ जना जिल्ला बाहिरका रहेका छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका ७ का मात्रै १७ जनामा कोरोना पुष्टि भएको छ । जसमध्य १० पुरुष र ७ महिला रहेका छन् ।
यस्तै भरतपुरकै वडा नम्बर १, २, ३, ५, ९, १०, ११, १२, १४ र १८ का २२ जना रहेका छन् । यस्तै कालिका नगरपालिका ६ कि एक महिला तथा ९ का एक महिला र एक पुरुषमा पनि कोरोना देखिएको छ ।
सोही प्रयोगशालामा भारतको बिहारका २ जना, नवलपुरका ६, ईलामका २ तथा काभ्रे, धनुषा, रौतहट, दाङ, बर्दिया, उदयपुर, रोल्पा, कास्की, कपिलबस्तु, सिराहा, सिराहा, सप्तरी, सुनसरी, नवलपरासी र रुपन्देहीका समान एक-एक जनामा पनि कोरोना पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।