चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु

एटुजेड समाचार

चितवन –  चितवन मेडिकल कलेजमा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका १३ का ७३ वर्षीय पुरुष रहेका छन् । ती पुरुषलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना गरिएको थियो । ती पुरुषलाई कात्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मधुमेह रोगको समेत समस्या रहेका ती पुरुषलाई थप उपचारका लागि कोभिड आईसियु कक्षमा भेन्टिलेटरमा उपचारका क्रममा आज साझँ ७:५३ बजे मृत्यु भएको अस्पतालका निर्देशक दयाराम लम्सालले जानकारी दिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू