झापामा दुई सङ्क्रमितको मृत्यु

एटुजेड समाचार

दमक। झापामा कोरोना संक्रमण भएका दूई ब्याक्तिको शनिवार मृत्यु भएको छ । दमक ७ मा एकसाता अघि कोरोना संक्रमण पुष्टि भएर होम आईसोलेसनमा रहेका एक ५२ बर्षिय पुरुषको मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

दमक नगरपालिकाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक बद्रि बरालका अनुसार स्वास्थ्यमा समस्या भएपछि तत्काल अस्पताल भर्नाकाे तयारी गरिरहेको अवस्थामा ति संक्रमितको मृत्यु भएको हो । योसंगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

यसैगरी शनिवार नै झापाको गौरादह नगरपालिकाका एक कोरोना संक्रमितको मृत्यु भएको जनाईएको छ । गौरादह ६ का ३६ बर्षिय युवाको कोरोना संक्रमणबाट बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले जानकारी दिनु भएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार शनिवार सम्ममा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । १७ सय ३० जनामा कोरोना संक्रमण देखिएको र यसमा १ हजार ९० जनाले कोरोनालाई जितेकाछन् । ६१७ जना आईसुलेसनमा सक्रिय संक्रमितहरु रहेकाछन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू