माडीका सुवास घतानेलाई विश्व कराते च्याम्पियनसिपमा रजत
चितवन – माडी ब्रह्मपुरीका कराते खेलाडी सुवास घतानेले भर्चुअल विश्व कराते (काता) च्याम्पियनसिपमा रजत जितेका छन् ।
अनलाइनमार्फत सञ्चालित सो प्रतियोगितामा माडी नगरपालिका-५, ब्रह्मपुरीका खेलाडी घतानेले बागमती प्रदेशका रबिन्द्र मानन्धरलाई पराजित गरी पुरुषतर्फका प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा महिलातर्फ धनगढी कराते एकेडेमीकी कराते प्रशिक्षक बर्षा साउदले प्राप्त गरेकी छिन् । सो प्रतियोगिताको निर्णायक आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक बिजेता गंगाराम महर्जन र १३ औं दक्षिण एसियाली खेलकुदका दोहरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ रहेका थिए ।
यसअघि माडीका खेलाडी घतानेले युरोपियन देश माल्टाबाट आयोजित अन्तर्राष्ट्रिय भर्चुअल काता च्याम्पीयनशीपमा रजत पदक हासिल गरेका थिए । हाल शसस्त्र प्रहरी बलमा आवद्ध रहेका घतानेले कराते खेल अन्तरगत कुमुते र काता दुबै विधामा राम्रो गरिरहेको उनका प्रशिक्षक निवास गोपाल वैद्यले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया