चितवनमा वन्यजन्तुको आक्रमण : ज्यान गुमाउने बढ्दै, हात्तीको आक्रमणबाट मृत्यु हुने धेरै
अस्मिता पराजुली,
चितवन – विगतका बर्षको तुलनामा चितवनमा वन्यजन्तुको आक्रमणबाट अकालमै ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार आर्थिक बर्ष ०७६/ ७७ मा बन्यजन्तुको आक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन् ।
७५/ ७६ मा बन्यजन्तुको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १२० जना घाईते भएका छन् । अघिल्लो बर्षको तुलनामा झण्डै मृत्यु हुने र घाईते हुनेको संख्या ३ गुना बढेको छ ।
आर्थिक बर्ष २०७४ / ७५ मा बन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु भएको छ भने ३२ जना घाईते भएका छन् । चालु आर्थिक बर्ष ०७७ / ०७८ को असोजको दोस्रो सातासम्म साढे २ महिनाको अवधिमा ३ जनाको मृत्यु भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुको आक्रमणबाट ३ बर्षको अवधिमा ३६ जनाको मृत्यु भएको छ भने १८६ घाईते भएका छन् ।
वन्यजन्तुको वासस्थान सांँघुरिदै जानु र आहाराको अभावमा भौतारिदै जंगलबाट बाहिर निस्कने गरेका कारण जनावरले आक्रमण गर्ने गर्दछ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जनावर कहिले काही बाटो बिराएर र आहाराको खोजीमा वस्तीमा पस्ने गरेको कारण पनि यस्ता घटनाहरु हुने बताउंँछन् ।
भौतारिएर र राम्रो आहाराको खोजीमा वन्यजन्तु वस्ती पस्छन् उनले भने, कतिपय अवस्थामा मानिसहरु जंगलमा घांँस दाउरा गर्दा आक्रमणमा पर्छन् यसरी दुर्घटना भईरहेको छ । उनले बन्यजन्तुको आक्रमणबाट रोक्नको लागि निकुञ्जमा बाँस स्थान, घासे मैदान, प्रससस्त पानीको व्यवस्था बाहिर निसकन नदिन काडे तार, मेसजाली लगाएको बताए ।
निकुञ्जको तथ्यांक अनुसार बन्यजन्तुको आक्रमणबाट मृत्यु हुने र घाईते हुनेहरुमा हात्ती, गैंडा, मगर गोही, गोही, भालु, बदेल, चितुवाको आक्रमणमा परि भएको छ ।
सबै भन्दा बढी हात्तीको आक्रमणबाट मृत्यु
निकुञ्जका वन्यजन्तुको आक्रमणबाट सबैभन्दा बढी मृत्यु जंगली हात्तीको आक्रमणबाट भएको छ । तथ्यांँक अनुसार तीनबर्षको अवधिमा हात्तीको आक्रमणबाट १९ जना, गैंडाको आक्रमणबाट ९ जना, बाघको आक्रमणबाट ६ जना, मगर गोहिको आक्रमणबाट २ जनाको मृत्यु भएको छ । जसमा २७ जना पुरुष रहेका छन् भने ९ जना महिला रहेका छन् ।
मृतक परिवारलाई क्षतिपुर्ती
वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका सर्वसाधारणलाई चितवन राष्ट्रिय निकुञ्जले आर्थिक बर्ष ७४ / ७५ मा ५० लाख, ७५ / ७६ मा २ करोड २० लाख, ७६ / ७७ मा ९० लाख गरी ३ करोड ६० लाख उपलब्ध गराएको हो । ७७ / ७८ मृत्यु भएका परिवारलाई राहत वितरण गर्ने प्रकृयामा रहेको निकुन्जले जनाएको छ ।
घाईतेलाई क्षतिपुर्ती
वन्यजन्तुको आक्रमणबाट घाईते भएका सर्वसाधारणलाई निकुञ्जले गत आर्थिक बर्ष ७४ / ७५ मा २२ लाख २४ हजार ४ सय ५० रुपैयाँ, ७५ / ७६ मा १ करोड ११ लाख ९५ हजार ५ सय १६ रुपैया र ७६ / ७७ मा ६ लाख ७६ हजार ६ सय ७५ गरी जम्मा १ करोड ४० लाख ९६ हजार ६ सय ४१ वितरण गरेको हो । यो आर्थिक बर्षमा घाईते एक जना नि भएका छैन्।
तपाइँको प्रतिक्रिया