आठ प्रयोगशालालाई २४ घण्टे चेतावनी, शुल्क नघटाए अनुमति खारेज गरिने
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा तोकिएको शुल्कभन्दा बढी लिने ८ प्रयोगशालालाई २४ घण्टाभित्र शुल्क घटाउन निर्देशन दिएको छ।शुल्क नघटाए उनीहरुको अनुमति खारेज गरिने सरकारले चेतावनी दिएको छ।
स्वास्थ मन्त्रालयले गुणस्तर मापन तथा नियमन महाशाखाले दिएको प्रतिवेदन अनुसार ८ प्रयोगशालाले बढी शुल्क लिएको पाइएकाले आज एकदिनलाई चेतावनी दिने र २४ घण्टाभित्र शुल्क नघटाए अनुमति खारेजका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिने निर्णय गरेको छ।सरकारले भदौ २८ गते पीसीआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिन नपाइने निर्णय गरेको थियो।
तपाइँको प्रतिक्रिया