बलिउड ड्रग्स प्रकरण : दीपिका, सारा र श्रद्धालाई क्लिन चिट

एटुजेड समाचार

एजेन्सी – सुशान्त सिंह राजपूतको आत्महत्यापछि ड्रग्स कनेक्सनमा तानिएका बलिउड अभिनेत्री दीपिका पादुकोण, साराअली खान र श्रद्धा कपुरले क्लिन चिट पाएका छन् । भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले उनिहरुलाई क्लिन चिट दिएको हो ।

एनसीबीले दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई पनि क्लिन चिट दिएको छ । बलिउड ड्रग्स कनेक्सनको अनुसन्धान गरिरहेको एनसीबीले यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो ।

सोधपुछका क्रममा सन् २०१७ को ह्वाटसाप च्याटको कुराकानीमा अभिनेत्री पादुकोण र म्यानेजर प्रकाशले आफूहरुले ‘चुरोट’लाई माल, वीड, ह्यस र डुबलगायतको नामले बोलाउने गरेको बयान दिएका थिए । रमाइलोका लागि उनीहरुले चुरोटलाई विभिन्न कोड दिएको बताएका थिए ।

एनसीबीले दीपिका र प्रकाशलाई छुट्टाछुट्टै कोठामा राखेर सोधपुछ गरेको थियो । एनसीबीले सन् २०१७ को ह्वाटसाप ग्रुपको च्याटमा आधारित भएर सोधपुछ गर्दा उनी दुईले कोडबारे जानकारी दिएको हो ।सुशान्तसिंह राजपुतको मृत्युमाथि छानबिन गर्ने क्रममा यसअघि अभिनेत्री रिया चक्रवर्तीलाई प्रहरीले हिरासतमा लिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु