बलात्कार रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको छ : गृहमन्त्री बादल
काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारका घटना रोक्न सरकारले अधिकतम प्रयत्न गरिरहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको आज (बुधबार) को बैठकमा उनले यस्तो बताएका हुन् ।
सरकारले अधिकतम प्रयत्नका बाबजुत पनि पछिल्लो समय औसतमा प्रत्येक दिन ६/७ जना बलात्कृत हुने गरेको देखिएको उनको भनाई छ ।गृहमन्त्री बादलले भने, ‘बलात्कारका घटनालाई रोध्न रोक्न सरकारको तर्फबाट निष्ठापूर्वक अधिकतम प्रयत्न गरिरहेका छौं ।’ बलात्कारीलाई फाँसी दिनुपर्ने महिला सांसदहरुको मागतर्फ संकेत गर्दै उनले कानुनमा कमजोरीहरु छन् कि भन्ने बहस भइरहेको बताए ।
तपाइँको प्रतिक्रिया