खैरहनी ८ का दुई कर्मचारीमा कोरोना, वडा कार्यालय अनिश्चितकालका लागि बन्द
चितवन – कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि खैरहनी नगरपालिका वडा नम्बर ८ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । दुई जना कर्मचारीमा कोरोना देखिएपछि वडा कार्यालयले दिने सम्पूर्ण सेवा अर्को सुचना नभएसम्मका लागि बन्द गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले आज (बुधबार) देखि अर्को सुचना नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिए । शर्माका अनुसार मंगलबार भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा वडा नम्बर ८ को वडा कार्यालयका २ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
तपाइँको प्रतिक्रिया