विवाद निस्किएपछि यो वर्षको पद्मश्री साहित्य र साधना पुस्कार रद्द

एटुजेड समाचार

चितवन – विवाद सिर्जना भएपछि यो वर्षको पद्मश्री साधना र पद्मश्री साहित्य पुस्कार रद्द गरिएको छ।

खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले २०७६ सालको पद्मश्री साहित्य पुरस्कार आख्यानकार सञ्जीव उप्रेतीलाई र पद्मश्री साधना सम्मान साहित्यकार मोदनाथ प्रश्रितलाई निर्णय गरेको थियो । तर दुबै जनाले अस्वीकार गरेपछि पद्मश्री पुस्कार यस बर्षका लागि रद्द गरिएको हो ।

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले यी दुबै पुरस्कार रद्द गरिएको जानकारी दिएका छन्। उपन्यास हंसका लागि पद्मश्री साहित्य पुरस्कार पाएका सञजीव उप्रेतीले पद्मश्री साधना पुरस्कार पाएका मोदनाथ प्रश्रितसँग एउटै मञ्चबाट पुरस्कार ग्रहण नगर्ने जनाएपछि विवाद शुरु भएको थियो।

साहित्यकार उप्रेतीले बलात्कारको आरोप लागेका व्यक्तिसँगै एउटै मञ्चबाट पुरस्कार नलिने बताएका थिए। त्यसपछि विवाद उत्पन्न भएको थियो। विवाद भएपछि अप्रमाणित कुरा उठाएर आफ्नो चरित्र हत्या गरिएको भन्दै प्रश्रितले सोमबार पुरस्कार नलिने घोषणा गरे। त्यसपछि उप्रेतीले पनि पुरस्कार नलिने घोषणा गरेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू