रत्ननगर नगरपालिकाका मेयर वन कोरोना मुक्त
चितवन – रत्ननगर नगरपालिकाका मेयर नारायण वन कोरोना मुक्त भएका छन । उनको आज (सोमवार) भरतपुर स्थित कोभिड प्रयोगशालामा गरिएको दोश्रो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो ।
कोरोना संक्रमणबाट जोगाउन सक्रिय रहेका वनलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेका मेयर वनले आयुर्वेद र सामान्य हेमोपेथिक औषधिको सेवन गरेर कोरोना जितेका हुन ।मेयर वनले आफ्नो स्वास्थ्य लाभको कामना गर्नु सबैप्रति धन्यवाद व्यक्त गरे ।
तपाइँको प्रतिक्रिया