चितवनका दुई स्थानमा सशस्त्र प्रहरीको बीओपी स्थापना
चितवन – चितवनमा सशस्त्र प्रहरी बलका २ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । माडी नगरपालिका–१ गर्दीस्थित केदारेश्वर प्रावि र वडा नम्बर ९ स्थित राइडाँडा प्राथमिक विद्यालयमा आइतबार सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको हो ।
विद्यालय गाभिएर खाली भएपछि सोही स्थानमा सशस्त्रका बीओपी स्थापना गरिएको हो । बीओपीको सशस्त्र प्रहरी बल बागमती प्रदेश मुख्यालय नम्बर ३ गढिमाइ बाहिनीका बाहिनिपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले उद्घाटन गरे ।
दुबै बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा टोली तैनाथ गरिएको छ । बीओपी स्थापनासँगै चितवनको सिमावर्ती क्षेत्रमा सुरक्षाको महसुस गरेको स्थानीयले बताएका छन् ।
तपाइँको प्रतिक्रिया