काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको ७३ हजार ३ सय ९४ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ८ सय ८५ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ । आज १० हजार १ सय २३ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित १९ हजार १९ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ६ हजार २ सय ८१ जना रहेका छन् ।

