डा. केसीको जीवन रक्षा गर्न पूर्वप्रधानन्यायाधिशसहित ३३ नागरिकको अपिल
काठमाडौं – चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षा गर्न नागरिकहरूले सरकारसँग अपिल गरेका गरेका छन् । १९ औं पटक १४ दिनदेखि अनसनरत डा केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन खराब हुँदै गइरहेको भन्दै उनिहरुले जीवन रक्षा गर्न अपिल गरेका हुन् ।
आज (आइतबार) एक विज्ञप्ती जारी गर्दै पूर्वप्रधानन्यायाधिशहरू कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले डाक्टर केसीको जीवन रक्षाको माग गरेका हुन्। कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गरेका हुन्। “परीक्षणमा संलग्न चिकित्सकका अनुसार उहाँको शरिर कमजोर भएको छ र कुनै पनि दिन परिस्थिति गम्भीर बन्न सक्नेतर्फ हामी सरकारको ध्यानाकर्षण गराउँदछौं” – जारी विज्ञप्तीमा भनिएको छ ।
उनीहरूले यसअघिबिभिन्न समयमा केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन्। ‘डाक्टर केसीको गिर्दो स्वास्थ्य अवस्थालाई ख्याल गरी तत्कालै उहाँको जीवन रक्षा र उहाँले उठाएका मागहरू सम्बोधन गर्न सरकारसँग हामी अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।
केसीलाई अनसनस्थल जुम्लाबाट काठमाडौं ल्याएको एक साता भएको तथ्य जान्दाजान्दै पनि सरकारले चासो नदिएकोमा आफूहरू चिन्तित भएको अपिलमा उनीहरूले उल्लेख गरेका छन्।
तपाइँको प्रतिक्रिया