काठमाडौं – क्रिकेट खेलाडी ललितसिंह भण्डारीको उपचारका लागि सरकारले सहयोग गर्ने भएको छ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेटका राष्ट्रिय खेलाडी भण्डारीको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
मन्त्री विश्वकर्माले स्थानीय ग्राण्डी अस्पतालमा उपचाररत भण्डारीको अवस्थाबारे आज त्यहाँ पुगेर जानकारी लिए । सो अवसरमा उनले भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा सरकारका तर्फबाट आवश्यक सहयोग गर्ने बताएका छन् ।



उनको उपचारका विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवालसित छलफल गर्ने जानकारी पनि दिए । उपचारमा संलग्न चिकित्सकका अनुसार भण्डारीले कम्तीमा पनि अझै एक महिना अस्पतालमा बस्नुपर्ने छ । भण्डारीको गत साता हात र खुट्टाको शल्यक्रिया गरिएको थियो ।