चितवन – चितवनमा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको राति १२:५५ मा उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
अस्पतालका अनुसार डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका ती पुरुषलाई भदौ ३१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण भएपछि ती पुरुषलाई अस्पतालको सघन कक्षमा उनको गराइएको थियो ।