भरतपुरमा १२ वर्षे बालकसहित थप ३ जना कोरोना संक्रमित थपिए
चितवन – भरतपुरमा १२ वर्षे बालकसहित थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा भरतपुर महानगर पालिका वडा १० का ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुको उमेर क्रमश १२,३५, २२ वर्ष रहेको छ । अस्पतालका अनुसार संक्रमितहरु क्वारेन्टाइनमा रहेका छन् । १४९ जनाको परिक्षण गर्दा १४६ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ ।
तपाइँको प्रतिक्रिया