चिनियाँ राष्ट्रपतिका आलोचकलाई १८ वर्षको जेल सजाय

एटुजेड समाचार

चिनियाँ राष्ट्रपति सी जिनपिङका कटु आलोचक रहेका रियल स्टेटका प्रभावशाली व्यक्तिलाई १८ वर्षको जेल सजाय भएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि यो सजाय भएको हो ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार त्यहाँको एक अदालतले सुनुवाइको क्रममा रियल स्टेटका रेन जिक्याङ्गलाई भ्रष्टार, घुसखोरी र सार्वजनिक कोष दुरुपयोगको मामिलामा दोषी ठहर गरेको हो ।

उनले ४२ लाख युआन जरिबाना पनि तिर्नुपर्ने छ । यो वर्षको मार्चमा रेन राष्ट्रपति सी जिनपिङविरुद्ध आलोचनात्मक लेख लेखेपछि अचानक गायब भएका थिए । यद्यपि उनले सोझो रुपमा सी

जिनपिङको नाम नलिए पनि त्यो लेख उनकै बारेमा भएको बताइएको थियो । चीनको अदालतले आफ्नो फैसलामा रेनले १२ दशमलव ५ लाख युआन घुसको रुपमा लिएको र झण्डै पाँच करोड युआन दुरुपयोग गरेको भनेको छ ।

रेनले आफूमाथि लगाइएको सबै आरोप स्वीकार गरेको र त्यसविरुद्ध अपिल नगर्ने पनि बताइएको छ । साथै रेन जिक्याङ्गमाथि कम्युनिस्ट पार्टी विरोधी विचार राखेको आरोप पनि लागेको छ । एजेन्सी

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू