बर्दियामा थप एक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

एटुजेड समाचार

बर्दिया – कोहलपुरमा उपचारका क्रममा एक कोरोना सङ्क्रमितको निधन भएको छ । बर्दिया ठाकुरबाबा नगरपालिकाका ६४ वर्षीय पुरुषको मंगलबार मृत्यु भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले उनको कोहल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको बताए ।

यससँगै बाँकेमा उपचारका क्रममा मृत्यु हुने पाँच जना पुगेका छन् । यसअघि कैलाली, अछाम, अर्घाखाँची र सुर्खेतका कोरोना सङ्क्रमितको बाँकेमा मृत्यु भएको थियो । रासस

 

 

 

फाईल तस्बिर

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु