संक्रमितको सम्पर्कमा आएको पाँच दिन नपुगी पिसीआर परीक्षण नगर्न अनुरोध

एटुजेड समाचार

काठमाडौं  – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुले पाँच दिनपछि मात्र पिसीआर परीक्षण गराउन अनुरोध गरेको छ । मन्त्रालयले प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमित व्यक्तिका सम्पर्कमा आएका व्यक्तिले तुरुन्तै पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरेको पाइएकाले त्यसो नगरी सङ्क्रमित व्यक्तिको रिर्पोट आएको पाँच दिनपछि मात्र पिसीआर परीक्षण गराउन अनुरोध गरिएको बताए ।

“पिसीआर पोजेटिभ आउन पाँच÷सात दिन लाग्ने भएकाले र तुरुन्तै पिसीआर परीक्षण गर्दा फाल्स नेगेटिभ (परीक्षण गर्दा नेगेटिभ तर दुई÷चार दिनपछि पोजेटिभ आउने सक्ने) हुने भएकाले पाँच दिन नपुगी परीक्षण नगर्न, नगराउन अनुरोध गरेको छ”, उनले भने।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू