पटक पटक सम्मानीत हुँदै चितवनका व्यवसायी सुवेदी

एटुजेड समाचार

चितवन – चितवनका एक व्यवसायी राज्य र राज्यका बिभिन्न निकायबाट पटक पटक सम्मान र पदक पाउँदै आई राखेका छन् । २०१६ सालामा बाग्लुङमा पिता भानुभक्त र माता देवकुमारीका जेष्ठ सुपुत्रको रुपमा जन्मेका राम प्रसाद सुवेदी पेसाले एक प्रतिष्ठित व्यवसायी हुन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको उपाध्यक्ष, राममिष्ठान्न भण्डार र श्रीराम पार्टी प्यालेसका संञ्चालक सुवेदी बिभिन्न पटक राज्यबाट र राज्यका निकायबाट सम्मानीत भएका छन् ।

कक्षा ६ मात्र अध्ययन गरी व्यवसायमा लागेर आँफुलाई स्थापित गरेका सुवेदी व्यवसायीक क्षेत्रमा भने आँफुलाई अव्वल वनाउँदै अघि बढेका छन् ।

वि.सं. २०५२ सालमा तत्कालीन राजा बिरेन्द्र विरबिक्रम शाहबाट गोरखा दक्षिणबाहु चौथौ पदकवाट सम्मान हुनु सुरु गरेका उनको यात्रा आज सम्म आई पुग्दा झण्डै आठ वटा पदकले सम्मानीत भई सकेका छन् ।

२४ औं प्रहरी दिवसमा रमेशचन्द ठकुरीद्धारा सम्मानीत, ६४ औं प्रहरी दिवसमा सर्वेन्द्र खनालद्धारा सम्मानीत, तत्कालिन गृह मन्त्री भिम रावलका समयमा समाज सेवा पदकवाट बिभूषित, तत्कालिन गृह मन्त्री बिमलेन्द्र निधिद्धारा समाज सेवा रत्न पदकबाट सुवेदी सम्मानीत भई सकेका छन् ।

वि.सं. २०७३ सालमा नेपाली सेनाबाट प्रधान सेनापती सम्मान पत्रद्धारा सेना दिवसको अबसरमा सम्मानीत भएका थिय । हालै सरकारले पाँचौे संबिधान दिवसको अबसरमा घोषणा गरेको सम्मान पाउने व्यक्तिको लिष्टमा सुवेदी पर्न सफल भएका छन् । उनलाई जनसेवा श्री पाँचौ पदकबाट सम्मानीत गर्ने सरकारले घोषणा गरेको छ ।

यो सम्मान राष्ट्रपती बिद्यादेवि भण्डारीले प्रदान गर्ने कार्यक्रम रहेको छ । सम्मान पाउने घोषणा भए पछि सुवेदीले भने “निरन्तर सेवा गर्दै गयौं भने एक दिन अबस्य मूल्याङ्कन हुनेछ ।” आफुले गरेको सेवाको राज्यले मूल्याङ्कन गरेको उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू