डा. केसी शिक्षण अस्पताल जान पाएनन्, जबर्जस्ती ट्रमा सेन्टर लगियो

एटुजेड समाचार

डा. गोविन्द केसीलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । अनशनकै क्रममा आज (सोमबार) नेपालगञ्जबाट ११ : १५ बजेको फ्लाइटमा काठमाडौं आइपुगेका डा. केसीलाई ट्रमा सेन्टर लगिएको हो ।

उनलाई त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरतर्फ लगेको हो । राष्ट्रिय ट्रमा सेन्टरमा हाल विगतमा वीर अस्पतालमा दिइने उपचार सेवा सञ्चालन हुँदै आएको छ । केसीका सहयोगी प्रितम सुवेदीले केसीलाई प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर लगेको बताए । आफ्नो सेवा अवधिभर त्रिवि शिक्षण अस्पतालमा काम गरेका केसीले गत वर्ष अवकाश लिएका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्यापन सुरु गर्नुपर्ने, हरेक प्रदेशमा मेडिकल कलेज सञ्चालन गर्नुपर्ने, पीसीआर परीक्षणलाई तिब्र पारेर पार्नुपर्ने लगायतका माग राखेर केसीले भदौ २९ गते जुम्लामा अनशन सुरु गरेका थिए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू