धर्मचोक-रगंशाला साइकल लेनका लागि प्राविधिक टोलीद्धारा निरीक्षण

एटुजेड समाचार

चितवन – भरतपुरको धर्मचोकदेखि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रगंशालासम्म साइकल लेन निर्माणका लागि प्राविधिक टोलीले निरीक्षण गरेको छ । प्रदेश सांसद बिजय सुबेदीको नेतृत्वमा हेटौंडाबाट आएको प्राविधिक टोलीले आज (सोमबार) साइकल लेन निर्माण हुने सडकको निरीक्षण गरेको हो ।

प्राविधिक टोलीले बिशालचोकदेखि निर्माणाधिन रगंशालासम्मको बाटोको निरीक्षण गरेको वडा नम्बर ४ का वडाध्यक्ष हरिप्रसाद आचार्यले जानकारी दिए । निरीक्षणपछि टोलीले स्थानीयसँगको समन्वय गरेर काम अघी बढाउन सुझाव दिएको आचार्यले बताए ।

धर्मचोक-बिशालचोक-रगंशाला साइकल लेनका लागि प्रदेश सरकारबाट ३० लाख रुपैयाँ बजेट आएको उनले जानकारी दिए । साइकल लेन कती फराकिलो र कुन मोडालिटीमा बनाउने भन्ने बिषयमा भने प्राविधिक टोलीको सुझाब अनुसार स्थानीयसँग समन्वय गरिने उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु