काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ६५ हजार २ सय ७६ पुगेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १,००५ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ४७ हजार २ सय ३८ पुगेको छ । आज ९ हजार ५ सय ३३ जनाको पिसिआर गरीएको छ । सक्रिय संक्रमित १७ हजार ६ सय ११ रहेकाे छ । हाल देशभर क्वारेन्टिनमा ७ हजार ४ सय ३ जना रहेका छन् ।


