विदेशी च्यानल कात्तिक ७ गतेभित्र विज्ञापनरहित बनाउन सरकारलाई निर्देशन

एटुजेड समाचार

काठमाडौं – सरकारलाई आउँदो कात्तिक ७ गतेभित्र नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित (क्लिन फिड) बनाउन संसदको विकास तथा प्रविधि समितिले निर्देशन दिएको छ ।

आज (सोमबार) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवलगायतका पदाधिकारीसँग छलफल गरेपछि समितिले डाउनलिंक अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापनरहित बनाउन निर्देशन दिएको हो ।

नेपालमा क्लिनफिड नहुने विदेशी च्यानलको प्रशारण रोक्न मन्त्रालयले बनाएको योजना पनि समितिले मागेको छ । उक्त ऐनको कार्यान्वयनबाट नेपालमा रोकिने अवस्थामा रहेका विदेशी च्यानल र प्रभावका बारेमा मन्त्रालयको धारणा १५ दिनभित्र पठाउन पनि समितिले निर्देशन दिएको छ ।

समितिले नेपालबाट विदेशी टेलिभिजन च्यानलमा विज्ञापन प्रशारण गर्ने नीति (फिड इन) नलिन पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ । नेपालमा कार्तिक ८ गतेदेखि विज्ञापन (नियमन गर्ने) ऐन २०७६ को कार्यान्वयन सुरु हुँदैछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु