मकवानपुरमा बेलुकी ७ बजेसम्म पसल सञ्चालन गर्न दिइने

एटुजेड समाचार

मकवानपुर – जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र मकवानपुरको आज बसेको बैठकले जिल्लाका सबै स्थानीय तहमा खाद्यान्न, औषधि पसल, तरकारी फलफूल र इन्धनलगायत पसल बेलुकी ७ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

बैठकले होटेल तथा रेस्टुराँभित्र खाना खाजा खान निषेध गरेको छ । सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी जिल्लाभरि नै दलगत भेला, जुलुस, धर्ना तथा धार्मिक पर्व आयोजना गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रवक्ता देवचन्द्र गडतौलाले जानकारी दिए ।रासस

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू