विकासको गतिमा भरतपुर : एक अर्ब बढीको लागतमा विद्युतिय तार भूमिगत गरिदै

एटुजेड समाचार

चितवन – विद्युतिय तार भूमिगत बनाउनका लागि भरतपुर महानगरपालिकाले तयारी थालेको छ । पहिलो चरणमा महागरपालिकाको मुख्य सडकमा विद्युतिय तार भूमिगत बनाउने गरी तयारी अघी बढाइएको हो ।

यसका लागि आइतबार महानगरपालिकाको कार्यालय, विद्युत प्राधिकरणबीच छलफल भएको थियो । पहिलो चरणमा २६ किलोमिटरमा तार भूमिगत गरिने महानगर प्रमुख रेणु दाहालले जानकारी दिईन् । मेयर दाहालका अनुसार पहिलो चरणमा मुख्य बजार क्षेत्रको पुलचोक – केन्द्रिय बस टर्मिनल, बसपार्क – आपटारी र आपटारी- पुलचोकसम्म दुबैतर्फी गरी २६ किलो मिटरमा तार भूमिगत गरिनेछ ।

करिब एक अर्ब २० करोडको लागत अनुमान सहित विस्तृत परियोजना प्रतिवेदन डीपिआर तयार भइरहेको महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेमराज जोशीले जानकारी दिए । बढीमा ३ बर्षमा सम्पन्न हुने गरी काम गरिने जोशीले बताए । ठेक्का प्रक्रियामा छिट्टै जाने उनले बताए ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु