चितवनमा पहिलो पटक नेपाल क्रिकेट संघको बोर्ड बैठक बस्दै

चितवन – नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठक चितवनमा बस्ने भएको छ । कोरोनाको कारण नियमितरुपमा हुन नसकेको क्यान बोर्ड बैठक पहिलो पटक उपत्यका बाहिर बस्न लागेको हो ।
क्यान अध्यक्ष चतुरबहादुर चन्दका अनुसार बैठक मंगलबार बिहान चितवनमा बस्ने तय भएको छ । हाल धनगढीमा रहेका चन्द पनि आज (सोमबार) बेलुकासम्म चितवन आइपुग्नेछन् ।
अध्यक्ष चन्दले यो क्यानको नियमित बोर्ड बैठक नै भएको बताए । बोर्ड बैठकमा अहिलेसम्मको कायको समीक्षा गर्ने नै मुख्य विषय हुने बताए । असोज मसान्तमा साधारण गर्ने गरी तयारी गर्ने चन्दले बताए । चन्दले आर्थिक नियमावली प्रशासनिक नियमावली बन्ने प्रक्रियामा रहेको समेत बताए । यस्तै बैठकमा २०२० को राष्ट्रिय खेलाडीको केन्द्रीय सम्झौतालगायत विषयमा पनि छलफल हुने सम्भावना रहेको छ ।


तपाइँको प्रतिक्रिया