लाइन गयो ? अब सिधै ऊर्जा मन्त्रालयमा फोन गर्नू

एटुजेड समाचार

काठमाडौं – पछिल्लो समय देशभर नै दैनिक जसो लाइन गइरहेको छ । धेरैले यसलाई लोडसेडिङको संकेत भन्दै आशंका व्यक्त गरिरहेका छन् । तर ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले विभिन्न मर्मत तथा प्राविधिक कारणले लाइन काटिरहेकोले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।

मन्त्रीका प्रेश संयोजक दयानिधि भट्टले केही ग्राहकमा लोडसेडिङ भएको भन्ने भ्रम पर्न गएको भान भएकाले मर्मत तथा प्राविधिक कारणले लाइन काटिएको स्पष्ट परेका छन् ।

उनले कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ । उनका अनुसार सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर-११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू