सुनको मूल्य तोलामा २ सयले बढ्यो

एटुजेड समाचार

काठमाडौं – सुनको मूल्य तोलाको दुई सय रुपैयाँले बढेको छ । आइतबार प्रतितोला ९७ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य (आज) सोमबारका लागि ९७ हजार २ सय कायम भएको छ ।

छापावाल सुन बढ्दा तेजाबी सुन पनि तोलाको दुई सय रुपैयाँ बढेर ९६ हजार ७ सय पुगेको छ । चाँदी तोलाको ५ रुपैयाँ महँगो बनेर १३ सय २० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू