माछा पोखरीमा एकै परिवारका ३ जना मृत फेला

एटुजेड समाचार

मोरङ – मोरङको ग्रामथानको एक माछा पोखरीमा एकै परिवारका ३ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष खड्काले दिएको जानकारी अनुसार ग्रामथान ४ की ३५ वर्षीया सीता अधिकारी र उनका ९ र १३ वर्षीया छोरी कृतिका र पबित्राको पोखरीमा मृत फेला परेका छन् ।

आइतबार बिहान ११ बजे माछालाई चारो हाल्न भनी गएका उनीहरू साँझसम्म घर नफर्किएपछि खोजी गर्दा भाइ रुद्र कटुवालको पोखरीमा मृत भेटिएको मोरङ प्रहरी प्रमुख खड्काले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू