ला लिगाको पहिलो खेलमा नै बराबरीमा रोकियो रियल

एटुजेड समाचार

एजेन्सी – स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड बराबरीमा रोकिएको छ । ला लिगा अन्तर्गत आफ्नो पहिलो खेलमा रियल सोसिडाडले रियल मड्रिडलाई बराबरीमा रोकिएको हो । आइतबार राति भएको खेल गोलरहित बराबरीमा रोकिएको हो ।

उता ग्रानाडा र रियल बेटिसले भने लगातार दोस्रो जित हात पारेको छ । ग्रानाडाले अलाभेजलाई २-१ ले पराजित गर्दा बेटिसले रियल भाल्लाडोलिडलाई २-० ले पराजित गरेको हो । ग्रानाडाका लागि रोवर्टो सोल्डाडो र डार्विन माचिसलले एक-एक गोल गरे ।

बेटिसका लागि नविल फेकिर र विलियम कार्भाल्होले एक-एक गोल गरे । जितपछि ग्रानाडा २ खेलबाट ६ अंकका साथ शिर्ष स्थानमा रहदा समान अंक भएको बेटिस दोस्रो स्थानमा छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू