बाग्लुङका बाढी पीडित परिवारलाई सहयोग रकम हस्तान्तरण

एटुजेड समाचार

बाग्लुङ – बाग्लुङ ढोरपाटनका बाढी पीडितको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । गत भदौ १७ गतेको बाढी पहिरोबाट मृत्यु हुने र बेपत्ता भएका परिवारलाई हाम्रो संसार नामक संस्थाले सहयोग रकम हस्तान्तरण गरेको हो ।

मृतक र बेपत्ता व्यक्तिका परिवारलाई जनही पाँच हजारका दरले एक लाख पचासी हजार रुपैयाँ हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष नवराज पौडेलले बताए । उक्त रकम सम्बन्धित वडाका वडा अध्यक्ष र स्थानिय समाजसेवीको रोहवरमा पीडितलाई हस्तान्तरण गरिएको पौडेललेर बताए

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु